Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ भदौ २१ सोमबार ०७:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ भदौ २१ सोमबार ०७:५६:००

 गएरातिदेखिको अविरल वर्षाले पुन्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।  डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तला डुबानमा परेका छन् । केही सवारीसाधन पनि डुबानमा फसेका छन् भने पार्किङ गरी राखेका यातायातका साधनहरू पनि डुबानमा परेको प्रहरीले जनाएको छ । 

सोही खोलाको बाढीका कारण बनेपाकै धनेश्वर पुल आसपास पनि डुबानमा परेको छ । उक्त डुबानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । पुलबजारमा अवरुद्ध भएपछि सवारीसाधनहरूलाई नाला हुँदै भक्तपुरबाट पठाइएको प्रहरीले जनाएको छ ।

बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास बर्सेनि डुबानमा पर्दै आएको छ । मानवबस्तीले खोला साँघुरो पार्दै आएपछि डुबान हुन थालेको हो । उक्त स्थान बर्सेनि डुबानमा पर्दै आएको भए पनि दीर्घकालीन समस्या समाधानको कुनै प्रयास भएको पाइएको छैन ।

वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षतिको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय  काभ्रेले जनाएको छ ।