मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २९ मंगलबार
  • Tuesday, 14 September, 2021
२०७८ भदौ २० आइतबार १७:०७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ भदौ २० आइतबार १७:०७:००

इराकको किर्कुक सहरमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरीचौकीमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ।

उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएका बताइएको छ। आइएस आतंकवादीले शनिबार राति बग्दादबाट लगभग दुई सय ५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–रासाद सहरको एउटा गाउँमा रहेको प्रहरीचौकीमा आक्रमण गरेका प्रहरी मेजर अब्बास अल–ताईलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अल–ताईले भने, ‘चौकीमा भएको आक्रमणपछि उनीहरूले गाउँतर्फ जाने सडकछेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विस्फाेटमा परी १३ प्रहरी मारिएका छन् भने अरू ६ जना घाइते भएका छन्।’ आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाथ गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो। यस क्रममा दर्जनौँ सुरक्षाकर्मी, सर्वसाधारण र आइएस लडाकुसमेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महसुस गरिएको थियो। तथापि, सुरक्षा बल तथा नागरिकविरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर सहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो प्रभाव देखाउने प्रयास गर्दै आएको छ। रासस