मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ १९ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ भदौ १९ शनिबार १३:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा ६७ करोड बढीले पाए कोरोना भाइरसविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ भदौ १९ शनिबार १३:५८:oo

भारतमा हालसम्म साढे ६७ करोड बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले कोभिड–१९ को खोप लगाएका हुन्। तीमध्ये ५८ लाख ८५ हजारले पछिल्लो २४ घन्टा मात्रै खोप लगाएका बताइएको छ।

खोप लगाएकामध्ये एक करोड तीन लाख ६० हजार २४८ स्वास्थ्यकर्मी रहेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो संख्या ९७.४३ प्रतिशत हो ।

भारतमा अहिले पनि चार लाख पाँच हजार ६८१ जना संक्रमित अवस्थामै रहेका छन्। सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। दैनिक नयाँ संक्रमितको संख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो ।

भारतमा पछिल्लो २४ घन्टामा ४२ हजार ६८२ नयाँ संक्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।  रासस