१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Monday, 30 September, 2024
२o७८ भदौ १८ शुक्रबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिबन्धित ब्राउनसुगरसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १६:३६:oo

कडा लागुऔषधको रूपमा लिइने प्रतिबन्धित ब्राउनसुगरसहित प्रहरीले शुक्रबार सिराहा नगरपालिका– १७ बाट एक युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार मध्याह्न सिराहा नगरपालिका– १७ कालीचेकबाट शंकास्पद अवस्थामा भेटिएका मिर्चैया नगरपालिका– ५ का २६ वर्षीय मोहमद नियाज सेखलाई १० ग्राम पाँच सय  मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सेखको साथबाट प्रतिबन्धित ब्राउनसुगर बरामद भपछि तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सिराहा प्रहरीको तथ्यांकमा लागुऔषध ओसारपोसार र बिक्री–वितरणमा युवा पुस्ताको संलग्नता कहालीलाग्दो रूपले बढ्दै गएको  छ । आर्थिक वर्ष ०७७/७८ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएका विभिन्न अपराधसम्बन्धी सात सय ८४ मुद्दामध्ये एक सय ५९ मुद्दा लागुऔषधसम्बन्धी रहेको सिराहाका प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । 

त्यसअघि आ.व. ०७६/७७ मा प्रहरीमा दर्ता भएका एक सय ६२ लागुऔषध मुद्दामा स्वदेशी र विदेशी गरी पुरुष दुई सय १८ र दुई जना महिला पक्राउ गरी लागूऔषधसम्बन्धी अपराधमा कानुनी कारबाही चलाइएको थियो । ‘त्यसमा युवा पुस्ताको संलग्नता बढी छ,’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने, ‘त्यसलाई रोक्न कानुनी बाटो त छँदै छ, सचेतनाको पाटोमा पनि गाउँ तहमा काम गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।’