१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ १८ शुक्रबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा चट्याङ लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार १४:३५:oo

तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज (शुक्रबार) एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद– ९ ढुङढुंगेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घरबाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा  मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।