प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
बिहीबार बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।
केही दिनअघि बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाबारे छलफल भएको थियो।