मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Monday, 31 March, 2025
२o७८ भदौ १५ मंगलबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार १५:o३:oo

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्।

हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्ण खनाल उपस्थित नभए पनि उनले एकीकृत समाजवादी चयन गर्ने बताउँदै आएका छ्न्। नेकपा एसका नेता राजेन्द्र पाण्डेले खनाल आजै उपस्थित भएर सनाखत गर्ने बताए। उनले हाल १२ जनाले नेकपा एस चुनेको र यो संख्या बढ्ने दाबी गरेका छन्।