
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व हेरफेर भएको छ । संयोजक नवराज सुवेदीले नेतृत्व हेरफेर भएको जनाउँदै आइतबारबाट कार्यवाहक संयोजकका रूपमा संस्कृतिविद् जगमान गुरुङले नेतृत्व गर्ने जानकारी गराएका छन् ।
आफू निवासमै नजरबन्दमा परेकाले राजसंस्था पुनर्स्थापनाका लागि सञ्चालित आन्दोलनको संयोजक फेर्नुपरेको उनले विज्ञप्तिमार्फत जनाएका छन् । उनले आन्दोलन जारी राख्न सबैलाई आह्वानसमेत गरेका छन् ।