१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Friday, 04 July, 2025
२o७८ भदौ १५ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा आगलागीबाट दम्पतीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार ११:१३:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ सेग्लेमा आगलागी हुँदा एक दम्पतीको मृत्यु  भएको छ । सेग्लेमा धन्सारमा बस्दै आएका वर्ष ५६ का धर्मराज भण्डारी र  उनकी श्रीमती ५० वर्षीया पशुपति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घरमा राखिएको खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खुदी प्रहरी चौकीको टोली र जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर जगदीश रेग्मीको प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय लमजुङका  प्रहरी प्रमुख  डिएसपी कृष्णबहादुर कार्कीले रातिको  समयमा आगलागी भएकाले छिमेकीले समेत थाहा नपाएको र घरभित्रै दम्पतीको जलेर मृत्यु भएको बताए।