१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Sunday, 29 September, 2024
रासस काठमाडौं
२o७८ भदौ १२ शनिबार १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालले अर्को पार्टी गठन गर्दैमा केही फरक पर्दैन : केपी ओली

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १२ शनिबार १६:३८:oo

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अनेमसंघ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विभाजनको पक्षमा कोही पनि नभएको जिकिर गरे । 

उनले भने ‘एक–दुई पात पहेँलिएर खस्दैमा रूखलाई केही फरक पर्दैन । रूखमा नयाँ–नयाँ पालुवा पलाउँदै छन् । नयाँ–नयाँ हाँगा हाल्दै छन् ।’ ओलीले एक–दुईवटा पात खस्दैमा रूखलाई फरक नपरेजस्तै पार्टीमा विभाजन गरी कोही जाँदैमा फरक नपर्ने बताए । 

ओलीले भने ‘पार्टीका केही मानिसलाई मैले धेरै सम्झाउन र बुझाउन कोसिस गरेको थिएँ’ उनले भने ‘एमालेलाई ध्वस्त पार्छु भनेपछि त्यस्ता मानिसलाई सम्झाएर र बुझाएर सकिँदैन ।’ ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षड्यन्त्रको एकमुष्ठ जवाफ दिने पनि बताए । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी विभाजन गरी कोही गए पनि फरक नपर्ने बताए ।