Skip This
नयाँ टाटा सफारी नेपालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १२ शनिबार १o:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ टाटा सफारी नेपालमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १२ शनिबार १o:३३:oo

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयुभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ । कम्पनीले ८१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नयाँ टाटा सफारी सार्वजनिक गरेको हो । 

सात सिट क्षमताको यो गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र सानको बेजोड सम्मिश्रण रहेको कम्पनीको दाबी छ । साहसिक व्यक्तित्वको झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकहरूको इच्छा र आकांक्षाअनुरूप आकर्षक, बलियो र ‘स्पोर्टी’ रहेको कम्पनीले जनाएको छ । 

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका सोरुमहरूमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको जनाइएको छ । बिजनेसका प्रमुख मायांक बाल्डीले नेपाली बजारमा प्रिमियम फ्लेगसिप एसयुभी नयाँ सफारी उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेन्जका’ गाडीहरूको तीन आधारस्तम्भ रहेको बताए । ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको र यसमा जेएलआर पेडिग्रीजस्तो उच्च कोटीको प्राविधिक गुणहरूको प्रयोग गरिएको कम्पनीको दाबी छ । 

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोसेढुंगा रहेको बताए । नेपाली ग्राहकहरूको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयुभी प्रयोगलाई वृद्धि गर्ने आशा गरेको उनको भनाइ छ । 

ग्राहकलाई आराम र सुरक्षाका साथै उत्कृष्ट कार्यक्षमता प्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ । २.० लिटरको टर्बोचाज्र्ड काइरोटेक इन्जिन भएको यस गाडीमा सहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरूमा नयाँ र रोमाञ्चकारी अनुभवका साथ यात्रा गर्न सकिने जनाइएको छ । 

दुई हजार सात सय ४१ मिलिमिटर चौडा ह्विलबेस, म्याजिस्टिक प्यानोरोमिक सन रुफ, यासवुड फिनिस्ड ड्यासबोर्डसहित ओइस्तर सेतो रङ भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आइज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरूका लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुने कम्पनीको दाबी छ ।

ad
ad
ad
ad