सरकारले मास्क अभियान चलाइरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिडभाडबाट संक्रमण नफैलियोस् भनेर मास्क अभियानलाई सरकारले जोड दिएको हो । मास्क प्रयोगलाई अनिवार्य गरेको हो । अझै पनि नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतभन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकहरूले पुष्टि गर्छ । यस्तो अवस्थामा कोभिड संक्रमण रोक्ने एक प्रमुख विकल्प मास्क पनि हो ।
संक्रमणबाट बचाउने मास्कको सही प्रयोगबारे विश्वव्यापी अभियान चलिरहेको छ । तर, मास्कको प्रयोगबारे अभियान चले पनि प्रयोगपछि मास्क डिस्पोजलबारे ध्यान नदिँदा गम्भीर समस्या आउने जोखिम बढ्दो छ । सामान्यतया भाइरल संक्रमणको प्रकृति मास्कको प्रयोगभन्दा बिर्सजन गर्ने तरिकामा बढी निर्भर रहेको अध्ययनहरूले देखाएका छन् । अर्थात् मास्क प्रयोग गरिसकेपछि सही तरिकाले बिर्सजन नगर्दा संक्रमणको जोखिम उत्तिकै रहन्छ ।
एकपटक प्रयोग गरिसकेपछि धोएर वा डिसइन्फेक्ट गरेर पुनः प्रयोगमा ल्याउन नमिल्ने भएकाले सर्जिकल मास्कको प्रयोग अत्यधिक भइरहेको छ । जसका कारण सडकपेटी, बाटो, गल्ली, फोहोरको थुप्रो आदिमा सर्जिकल मास्क यत्रतत्र असरल्ल देखिन्छन् । विश्वभरि नै सर्जिकल मास्क प्रदूषणको मुख्य कारण बन्न थालेको छ । यसले मानिससँगै अन्य जनावरमा पनि असर पुर्याइरहेकोमा बहस सुरु भएको छ ।
अन्य संक्रमणको जोखिम
कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।
यसरी गर्नुहोस् मास्कको व्यवस्थापन
संक्रमितले प्रयोग गरेको मास्क बिर्सजन गर्दा ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरले सफा गरेर मात्रै फोहोरमा मिसाउनुपर्छ । यस्तै मास्कलाई ०.४ सोडियम हाइड्रो क्लोराइड भएको डस्टबिनमा डिस्पोज गर्ने सकिन्छ । सजिलै खोल्न नमिल्ने प्लास्टिकको झोलामा राखेर पनि डिस्पोज गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई अटोक्लिप गरेर मात्र डिस्पोज गर्नुपर्छ ।
सरसफाइकर्मी बढी जोखिममा
अधिकांश सर्जिकल मास्कहरू एकचोटि प्रयोगमा ल्याइसकेपछि बिर्सजन गर्नुपर्ने हुँदा फोहोरको मुख्य स्रोत प्रयोग गरिसकेका मास्क बन्न थालेका छन् । काठमाडौंजस्ता सहरी क्षेत्रमा बाटोमै फोहोर थुपारेर राख्ने र हप्तौँसम्म नउठ्ने हुँदासमेत संक्रमणको जोखिम बढिरहेको डा. दुलालको भनाइ छ । उनी भन्छन्, ‘घरमा रहँदा डस्टबिनमा फोहोर व्यवस्थापन गरिएको पाइए पनि सीधै डिस्पोज नगर्ने अर्थात् महानगरले फोहोर व्यवस्थापनमा ढिलाइ गर्ने आदि कारणले काठमाडौंजस्ता उच्च स्थानमा संक्रमणको जोखिम बढी रहन्छ । यसको सीधा असर सरसफाइकर्मीमा परिरहेको छ ।’
सेप्टेम्बर २०२० मा थोराक्स नामक मेडिकल जर्नलले प्रकाशित गरेको अध्ययनमा चिकित्सकको तुलनामा सरसफाइकर्मी बढी संक्रमित भएको उल्लेख गरेको थियो । युनिभर्सिटी अफ ब्रिंघमका भाइरोलोजिस्टहरूको एक समूहले अस्पतालमा कार्यरत २० हजार कर्मचारीमा गरेको उक्त अध्ययनले बिरामीले प्रयोग गरेका मास्क र अन्य फोहोर व्यवस्थापनको क्रममा संक्रमणको जोखिम बढी हुने देखाएको थियो । कोभिड वार्डमा कार्यरत सरसफाइकर्मीहरू कति संक्रमित भए भन्ने यकिन तथ्यांक नभए पनि संक्रमितले प्रयोग गरेका सामानका प्रत्यक्ष सम्पर्कमा रहने हुँदा सबैभन्दा जोखिमका रहेको अध्ययनहरूले पुष्टि गरेका छन् ।
अन्य संक्रमणको जोखिम
कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।