मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Thursday, 27 August, 2026
२o७८ भदौ २ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीको समर्थन महन्थलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १८:३६:oo

निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले मञ्जुरीनामामार्फत नयाँ पार्टीमा आफू कार्यकारिणी सदस्यको रूपमा रहने गरी समर्थन जनाएका हुन्।

उनले कारागार कार्यालयमार्फत आयोगलाई लेखेको पत्रमा प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)मा कार्यकारिणी सदस्यको जिम्मेवारी बहन गर्न आफू तयार रहेकाले पत्रलाई आधिकारिकताको रूपमा स्वीकार गर्न आग्रह गरेका छन्।

आयोगले चौधरीसहितको निवेदनका आधारमा दल दर्ताको निवेदन दर्ता गरेको छ। दल दर्ताको प्रक्रिया पूरा हुन ४५ दिन लाग्ने आयोगले जनाएको छ।