१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Sunday, 06 July, 2025
एजेन्सी
२o७८ भदौ २ बुधबार ११:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एक कोभिड संक्रमित भेटिएपछि न्युजिल्यान्डमा तीन दिन लकडाउन

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार ११:o३:oo

न्युजिल्यान्डमा एक व्यक्तिमा कोभिड– १९ संक्रमण पुष्टि भएपछि तीन दिनका लागि राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर यहाँको सरकारले तीन दिन देशव्यापी लकडाउन गरेको हो। 

कोरोना भाइरस संक्रमित भेटिएका अकल्यान्ड सहर र उनले भ्रमण गरेको मान्डेल सहरमा भने एक हप्ता लकडाउन हुनेछ।  लकडाउनको अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने जनाइएको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा न्युजिल्यान्डलाई निकै सफल रहेको मानिएको छ। पछिल्लो ६ महिनामा यहाँ पहिलोपटक एकजनामा संक्रमण भएको पाइएको हो। अहिले भेटिएको संक्रमण डेल्टा भेरियन्ट हुन सक्ने आशंकामा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिले न्युजिल्यान्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा पाइसकेका छन् भने ३३ प्रतिशतले पहिलो मात्रा पाएका छन्।