१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक विद्युत् खपत बढाउन फरक-फरक महसुल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार o८:२१:oo

सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३६औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्षायामको विद्युत् खेर जान नदिई आन्तरिक खपत बढाउन वर्षायाम र सुक्खायामका लागि फरक–फरक विद्युत् महसुल निर्धारण गरिने जानकरी दिइन् ।

मन्त्री भुुसालले अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य भए पनि त्यसभन्दा अघि नै यो लक्ष्य पूरा गर्न प्राधिकरणलाई निर्देशन दिइन् । उनले ‘विदेशी ग्यास छाडौँ र स्वदेशी विद्युत् जोडौँ’ अभियान सुरु गरिएको घोषणा गरिन् । ‘हरेक प्रदेशमा एउटा जलाशययुक्त आयोजना निर्माण गरिने र प्रदेश २ मा भने सोलार योजना सञ्चालन गरिनेछ,’ उनले भनिन् । 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफालाई बढाउने र चुहावट घटाउनुपर्ने चुनौती रहेको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष कृष्ण आचार्यले कोभिडका कारण विद्युत् उत्पादनका लागि तोकिएको समयावधि ढिलाइ भएको बताए । सोही कारण एक वर्ष समय थप गर्न माग गरे ।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले १ भदौ ०४२ स्थापना भएको नेपाल विद्युत् प्राधिकरण अब जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा जान ढिलाइ गर्न नहुने बताए । 

जनसंख्याको ९० प्रतिशत ग्रिडको पहुँचमा
नेपाल बिद्युत प्राधिकरणको कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । हालसम्म ९० प्रतिशत जनसंख्यामा आधारभूत ग्रिडको पहुँच पुगेको प्राधिकरणको भनाइ छ । कर्णाली प्रदेशका कालिकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पुर्‍याइएको प्राधिकरणले जनाएको छ । 

चुहावट बढ्यो, नाफा घट्यो 
गत आवमा विद्युत् चुहावट १७ दशमलव १८ प्रतिशत रहेको थियो । अघिल्लो आवको तुलनामा १ दशमलव ९१ प्रतिशतले बढी हो । विद्युत् खपतमा भएको वृद्घि, कोभिड–१९ का कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेको आदि कारणले चुहावटमा वृद्घि भएको प्राधिकरणको प्रस्टीकरण छ ।

प्राधिकरणको नाफा घट्यो
आव ०७७/७८ मा विद्युत् बिक्रीबाट कुल ७१ अर्ब २८ करोड आम्दानी भएको छ । जुन अघिल्लो आव ०७६/७७ को ७६ अर्ब ३१ करोडको तुलनामा ६ दशमलव ५९ प्रतिशतले न्यून रहेको हो । गत आवमा मुनाफा ६ अर्ब रहेको थियो, जुन आव ०७६/७७ को १३ अर्ब २७ करोडको तुलनामा ५४ दशमलव ७३ प्रतिशतले कमी हो । साथै करपछिको खुद मुनाफा आव ०७६/७७ मा ११ अर्ब ६८ करोड रहेकोमा गत आवमा ३ अर्ब ५१ करोड अर्थात् ६९ दशमलव ९४ प्रतिशतले कमी देखिएको छ । 

ad
ad
ad
ad