मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २ बुधबार ०७:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

 हुन्डाई अल न्यू आई–२० को मिडिया टेस्ट ड्राइभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २ बुधबार ०७:१७:००

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू आई–२०को टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । भर्खरै मात्र लन्च भएको गाडीको अल न्यू आई–२० मिडिया टेस्ट ड्राइभ गरिएको हो । 

कार्यक्रममा उक्त गाडीका विशेषताको बारेमा जानकारी दिइएको कम्पनीले जनाएको छ । एक हप्ताअघि सार्वजनिक भएको उक्त गाडीले बजारमा विश्वास जित्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ । उक्त गाडी टाइफुन सिल्बर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेड रङमा उपलब्ध रहेको जनाइएको छ ।

नेपालमा म्याग्ना र स्पोर्टज् मोडल उपलब्ध रहेको र यसको मूल्य ३६ लाख ९६ हजार रुपैयाँ र ४१ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले नेपालभरि १४ सोरुम तथा १८ सर्भिस सेन्टरमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।