१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा केन्द्रीय समिति बैठकमा के भयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार १७:१९:oo

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। । पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्यसमितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइएको जानकारी दिए। उनले भने, ‘पार्टीका केन्द्रीय सदस्यहरूको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ। ती केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराइयो। पार्टीको सिद्धान्त, नीति, निमयअनुसार चल्नलाई केन्द्रीय सदस्यहरूलाई शपथ गराइएको हो।’

दुई दिनसम्म चल्ने केन्द्रीय कार्यसमितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेस गरेका छन्। अर्का नेता मृगेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन पेस गरेका छन्। दुवै नेताको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले आ–आफनो धारणा राख्नेछन्।

बैठकमा प्रदेश कमिटीको नेताहरूले पनि  पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन्। नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपरेको स्पष्ट पारे। पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरूबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ।