१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३२ सोमबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण ३२ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हेलिकाेप्टरमा पैसा भरेर कहाँ उडे अफगानी राष्ट्रपति घानी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ३२ सोमबार १८:४३:oo

तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्। रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकाेप्टरभरि पैसा बोकेर अफगानिस्तान छाडेको बताएको छ। रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकाेले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकाेप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’