मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३१ आइतबार २o:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार २o:o१:oo

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी काबुलबाट ताजकिस्तान लागेको रोयटर्सले जनाएको छ । 

तालिवानी लडाकु काबुल प्रवेश गरेपछि घानीले देश छाडेका हुन् ।

घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो।

तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् ।