१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३१ आइतबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन युवा संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १९:४२:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघ नेपालले द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिव दीपक जिएमको नेतृत्वमा सिंहदरबार गएको टोलीले नेपाली नागरिकलाई सुरक्षित रूपले स्वदेश फर्काउन माग गरेको हो । 

द्वन्द्वग्रस्त क्षेत्रबाट विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकलाई सुरक्षित रूपले स्वदेश फर्काउन थाले पनि नेपालले आफ्ना नागरिकलाई फर्काउन ढिलाइ गरेकोमा संघले आपत्ति जनाएको छ । 

‘श्रमिकका रूपमा रहेका सम्पूर्ण नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर यथाशीघ्र नेपाल फर्काउन तत्काल आवश्यक कूटनीतिक, राजनीतिक र मानवीय पहल गर्न नेपाल सरकारलाई युवा संघ नेपाल जोडदार माग गर्दछ,’ संघले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपालबाट श्रम स्वीकृति लिई अफगानिस्तान पुगेका र सरकारको अभिलेखमा नरहेका नागरिकलाई स्वदेश ल्याउन ध्यानाकर्षण गराएको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईले बताए ।

ad
ad
ad
ad