मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Friday, 28 August, 2026
२o७८ श्रावण ३१ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रपति घानी काबुलमै, शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तण हुन्छ : आन्तरिक मामिलामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १६:५९:oo

तालिवानले निरन्तर आक्रमण गर्दै देशका मुख्य सहरहरू नियन्त्रणमा लिएपछि अफगान राष्ट्रपति असरफ घानीले राजीनामा दिने खबरहरू आइरहेका छन्। यसैबीच घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए। 

तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको छ। यसैक्रममा राष्ट्रपति घानीले शनिबार एक भिडियो सन्देश जारी गर्दै तालिवानविरुद्ध लडिरहेका सेनाको मनोबल उच्च राख्ने कोसिस गरेका छन्। करिब साढे दुई घन्टा लामो उक्त सन्देशमा घानीले भनेका छन्, ‘वर्तमान अवस्थामा अफगानी सुरक्षा फौजहरूको मनोबल उच्च राख्नु हाम्रो प्राथमिकता हुनेछ।’ घानीले समस्यासँग जुध्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूसँग वार्ता गरिरहेको पनि बताएका छन्।

केही सञ्चारमाध्यममा राष्ट्रपति घानीले देश छाडेर भागेको भन्ने खबर आए पनि उनी अफगानिस्तानमा नै रहेको अलजजिराले लेखेको छ। केही सञ्चारमाध्यममा घानीले अफगानिस्तान छाडेर भागेको भन्ने खबर आइरहँदा घानीनिकट सूत्रले यस्तो बताएको हो। स्रोतलाई उल्लेख गर्दै अलजजिराले भनेको छ, ‘घानी आफ्नी श्रीमतीसँग एआरजी प्रेसिडेन्टियल प्यालेसमा रहेका छन्।’ 

यसैगरी अफगानिस्तानका आन्तरिक मामिलामन्त्री अब्दुल सत्तार मिर्जाकबलले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन्। उनले भनेका छन्, ‘अफगानी जनताले चिन्ता लिनुपर्ने अवस्था छैन। किनभने काबुलमा कुनै आक्रमण हुनेछैन र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनेछ।’