१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्षेत्रपाटीमा लक्ष्मी बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५३:oo

लक्ष्मी बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १७ को क्षेत्रपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याएको हो । 

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास व्यक्त गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ ।

बैंकले देशका ४८ जिल्लामा १ सय ३३ शाखा, ६ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १ सय ६२ एटिएम, २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

 

ad
ad