Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०६:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एडिबीले नेपाललाई खोप खरिद गर्न  साढे १९ अर्ब सहुलियत ऋण दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार ०६:३७:००

६८ लाख जनसंख्या लाभान्वित हुने

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र एडिबीबीच बुधबार १९ अर्ब ५८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गरे ।

एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।