१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २४ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धुलो-धुवाँ उडिरहेकै छ, विभाग भन्छ, ‘उपत्यकाको आकाश सफा छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १२:२४:oo

धुलो, धुवाँ र प्रदूषण उत्यकाको दीर्घकालीन समस्या नै भइसक्यो। हिउँदको वेला हानिकारक प्रदूषणले बसिनसक्नु हुने उपत्यका वर्षातको समयमा पनि उत्तिकै प्रदूषित बन्ने गरेको छ। उपत्यकावासी धुवाँ–धुलोकै कारण दिक्दार छन्। सडक निर्माण समयमै नहुँदा धुलोले आमसर्वसाधारणलाई सताइरहेको छ। वातावरण विभागका अनुसार धुवाँको मुस्लो निकाल्दै सडकका कुद्ने थोत्रा सवारीसाधन प्रदूषणको मुहान नै हुन्।

त्यस्तै,  फोहोर समयमै नउठ्दा पनि उपत्यका प्रदूषित हुने गरेको छ। तर, उपत्यकाको वातावरणीय अवस्थाबारे अध्ययन गर्ने मुख्य सरकारी निकाय वातावरण विभागले भने हिजोआज उपत्यकामा प्रदूषण नै नहरेको बताउँछ। विभागका प्रवक्ता इन्दुविक्रम जोशीले हिउँदको वेला उपत्यकाको आकाश सफा हुने बताए। उनले भने, ‘हाल उपत्यकामा धुलो-धुवाँ पनि कम छ, उद्योगहरू पनि त्यति चलेका छैनन्, मुख्य प्रदूषण निकाल्ने भनेको सवारीसाधनले हो, पानी परिरहेकोले अहिले त्यस्तो प्रदूषण पनि छैन।’ 

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पनि अहिले उपत्यका सफा देखिन्छ। तर, सडकमा ओहोरदोहोर गर्दा धुवाँ–धुलो भने झनै बढेको वातावरणविद्को भनाइ छ। वातावरणविद् भूषण तुलाधरले वातावरण विभागको तथ्यांकले प्रदूषण नभएको बताए पनि उपत्यकामा धुवाँ–धुलो बढिरहेका कारण ओहोरदोहोर गर्दा सावधानी अपनाउनुपर्ने बताए। उनले वर्षातको वेलामा स्वाभाविकै रूपमा पनि वातावरण सफा हुने भए तापनि उपत्यकामा धुवाँ–धुलोका कारण प्रदूषण शून्यमा झर्न नसकेको जानकारी दिए। ‘वर्षातको वेलामा प्रदूषण कम नै हुन्छ, तर उपत्यकामा धुवाँ–धुलो बढी भएकोले केही प्रदूषण छ, मापन गर्दा हावामा मसिना  हानिकारक कणहरू देखिएका छन्।’ 

विभागको वायु गुणस्तर मापनअनुसार उपत्यकाको वायु प्रदूषण दर ५० नम्बरभन्दा तल रहेको छ। ५० नम्बरभन्दा कम हुनुलाई वातावरण सफा भएको मान्न सकिन्छ। योभन्दा बढी देखिएमा वातावरण फोहोर मान्न सकिने विभागले जनाएको छ।  
 

ad
ad
ad
ad