मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १४ बिहीबार
  • Thursday, 30 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २० बुधबार २१:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरद्वारा छत्रपाटी कोभिड अस्पताल र नरदेवी आइसोलेसन सेन्टरका सेवा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २० बुधबार २१:०५:००

काठमाडौं महानगरले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गर्ने निर्णय भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको ६७औँ कार्यपालिका बैठकले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रमसम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । 

‘साउन १ गतेबाट नरदेवी आयुर्वेद चिकित्सालयको एचडियूसहितको सेन्टरमा बिरामी भर्ना लिन छोडिएको छ । साउन अन्तिमबाट छत्रपाटी कोभिड विशेष अस्पतालको सेवा स्थगन गर्ने निर्णय भएको हो,’ निर्णयबारे जानकारी गराउँदै प्रमुख शाक्यले भने, ‘अहिले अस्पतालमा बिरामीहरूले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको संख्या कम छ । भोलि आवश्यक परेको वेला सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको हो ।’ 

एनका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । ‘सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका वेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ ।’

कोभिड संक्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामका लागि महानगरसँग सम्झौता गरेर कोभिड उपचारका लागि उपकरण तथा सामग्री खरिद गर्ने सरकारी र सामुदायिक अस्पतालहरूको बिलबमोजिमको भुक्तान भएको रकम अनुमोदन गरेको छ भने भुक्तानी हुन बाँकीलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

बैठकले स्थानीय तह संस्थागत स्वमूल्यांकन प्रतिवेदन अनुमोदन गरेको छ । प्रतिवेदनअनुसार महानगरले समग्र स्थितितर्फ ८८.१० प्रतिशत, प्रक्रियागत स्थितितर्फ ८५.२९ प्रतिशत र परिमाणात्मक स्थितितर्फ ६७.७८ प्रतिशत अंक प्राप्त गरेको छ ।