१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा आन्दोलित रूपमा अघि बढ्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रूपमा अगाडि बढाउने बताएका छन् । आन्दोलन र संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए । 

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा मंगलबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिति संयोजकसमेत रहेका थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तीव्रता दिन सहभागीहरूलाई आग्रह गरे । महाधिवेशनअघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए । 

थापाले महाधिवेशनपछि भ्रष्टाचार, सर्वसत्तावाद, धर्मपरिवर्तन, बेरोजगारका विषयमा सशक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए । राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो । महाधिवेशन, स्थानीय निकाय निर्वाचन र संसदीय निर्वाचनलाई दृष्टिगत गर्दै कार्ययोजनाअनुरूप कार्यतालिका बनाएर प्रभावकारी रूपमा परिचालित हुन थापाले आग्रह गरे । 

थापाको संयोजकत्वमा केही समयअघि परिचालन समिति गठन भएको थियो । बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकमा केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान, भाष्कर भद्रा, प्रदेश अध्यक्षहरू र समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
 

ad
ad