मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १२:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपककुमार कार्कीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १४ बिहीबार १२:१८:००

नेकपा एमाले प्रवेश गरेका माओवादीका चार पूर्वसांसदको रिटमा आज सुनुवाइ हुँदै छ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बहालीकाे माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उनीहरूको रिट सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ।

चार नेताले आफूहरू एमालेमा औपचारिक रूपमा प्रदेश नगरेकोले सांसद पदबाट गरिएको कारबाही खारेजीको माग गरेका छन्। उनीहरूले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै कारबाही गर्न नसक्ने जिकिर गरेका छन्।