Skip This
भीम रावलले लिए राजीनामा फिर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीम रावलले लिए राजीनामा फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १२:४९:oo

नेकपा एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। उनले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिएका हुन्। उनले आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिएका थिए । 

यस्ताखालका राजनीतिक अनैतिक क्रियाकलापमा संलग्न हुन नचाहेको भन्दै उनले पदबाट राजीनामा दिएका थिए। 

उनको राजीनामालाई लिएर उनकै पार्टीका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका थिए। बिहीबार उनले सांसद पदबाट गरेको राजीनामा फिर्ता गर्ने घोषणा गरेका थिए। रावलले दिएको राजीनामाप्रति एमाले अध्यक्ष केपी ओलीले समेत असन्तुष्टि व्यक्त गरेका थिए। 

यसअघि एमाले वरिष्ठ नेता माधव नेपालले रावललाई निवासमा पुगेर भेटेका थिए।