मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७८ श्रावण ८ शुक्रबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा सेनाका हुद्दाको शव भेटियो, गोली लागेको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भरतपुर
२o७८ श्रावण ८ शुक्रबार १२:४४:oo

चितवनमा सेनाका एक हुद्दाको शव भेटिएको छ। भरतपुर महानगरपालिका– १७ सिमलडाँडामा बिहीबार बिहान सेनाका हुद्दा मृत भेटिएका हुन्।

प्रारम्भिक अनुसन्धानबाट शव धादिङ नीलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा ३६ वर्षीय भरत गुरुङको रहेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी सूर्य थापाले जानकारी दिए ।

बस्तीदेखि केही पर खेतको आडको कुलोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको महेन्द्र दल गणको हुद्दा भएको थापाले बताए ।

उनका अनुसार शवको टाउकोमा गोली लागेकोजस्तो देखिने घाउ छ । शवको आडैमा गोलीको एउटा खोका पनि भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताएका छन्।