१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार २१:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले पारित गर्‍यो चारबुँदे विशेष प्रस्ताव, ओलीले भने– फेरि बहुमत ल्याएर सरकार चलाउँछौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार २१:o४:oo

प्रमुख प्रतिपक्षी दल एमालेले चारबुँदे विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकले चारबुँदे विशेष प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले सर्वोच्च अदालतको फैसलाको विमति जनतासम्म लैजाने निर्णय गरेको छ । संविधानको धारा ७६(५) संशोधन गर्न पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । 

अनेक प्रतिकूलताबीच सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै सरकारलाई धन्यवाद दिएको छ । प्रतिपक्षीको रूपमा प्रभावकारी भूमिका खेल्ने, संविधान, राष्ट्रियता र लोकतन्त्रका पक्षमा खबरदारी गर्ने प्रस्ताव पनि एमालेले पारित गरेको छ । विद्यमान परिस्थितिबाट कार्यकर्तालाई निराश नहुन र पार्टीको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको ज्ञवालीले जानकारी दिए । 

बैठकमा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिमा एमाले केन्द्र भागमा आउने र बहुमतसहित फेरि संरकार सञ्चालन गर्ने दाबी गरेका छन् । पार्टी एकताका लागि अझै पहल गर्ने पनि ओलीले बताएको ज्ञवालीले जानकारी दिए