१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भेटेर भने– हाम्रा माग पनि सम्बोधन हुनुपर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १३:oo:oo

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। उनीहरूबीच आज बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।  प्रधानमन्त्री देउवालाई शुभकामना दिन अध्यक्ष ठाकुर बालुवाटार पुगेको उनका स्वकीय सचिव सतेन्द्रकुमार मिश्रले जानकारी दिए।

‘शुभकामना दिन अध्यक्षज्यू बालुवाटार जानुभएको हो,’ उनले भने, ‘पार्टीले राख्दै आएका मागबारे पनि छलफल भयो।’ प्रधानमन्त्रीसँगको भेटमा ठाकुरले मधेस आन्दोलनका मुद्दा तथा जेलमा रहेका रेशम चौधरीको रिहाइको विषमा छलफल गरेका थिए। 

पार्टीमा विवाद रहँदारहँदै तत्कालीन केपी शर्मा ओली सरकारमा समेत सहभागी भएको जसपा ठाकुर पक्षले देउवा प्रधानमन्त्री बनेपछि उनलाई पनि विश्वासको मत दिएको थियो।