१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Monday, 30 June, 2025
एजेन्सी
२o७८ श्रावण ५ मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको ओरेगनमा लागेको आगो नियन्त्रणबाहिर

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १३:४o:oo

अमेरिकाको ओरेगन राज्यको वनमा लागेको आगो नियन्त्रणबाहिर गएको छ । ६ जुलाईदेखि लागेको आगो थप फैलिएपछि अधिकारीहरूले नियन्त्रणका लागि अन्य राज्यसँग सहयोग मागेका छन् ।

‘बुटलेग फायर’ भनिएको उक्त आगलागी नियन्त्रण गर्न दुई हजारभन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिए पनि नियन्त्रण गर्न नसकिएको बिबिसीले जनाएको छ। आगलागीका कारण हालसम्म तीन लाख एकडभन्दा धेरै वन क्षेत्र नष्ट भएको छ । एक हजार तीन सय ९१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको आगोले लस एन्जलस सहरभन्दा ठूलो क्षेत्र नष्ट गरेको बताइएको छ ।

दुई हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र विस्थापित भएका छन् भने कम्तीमा एक सय ६० घर जलेर नष्ट भएका छन्। केही दिनमा यस क्षेत्रको तापक्रम सामान्य अवस्थाभन्दा १० देखि १५ डिग्री फेरनहाइटले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२१ मा संयुक्त राज्य अमेरिकामा चार हजारभन्दा बढी स्थानमा आगलागी भएको यहाँको नेसनल इन्टरएजेन्सी फायर सेन्टरले जनाएको छ । यो संख्या गत वर्षभन्दा झन्डै दोब्बरले धेरै हो ।