१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३ आइतबार २३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालले भने– निरंकुश प्रवृत्तिको पराजय भयो (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार २३:५२:oo

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन्। साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताए। 

नेता नेपालसहित २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। यससँगै देउवाले एक सय ६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा एक मत परेको छ। 

‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको छ,’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ।’