१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी मियामी
२o८१ बैशाख २० बिहीबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सँगसँगै देखिए रोनाल्डिन्हो र पोग्बा

Read Time : < 1 मिनेट
एजेन्सी मियामी
नयाँ पत्रिका मियामी
२o८१ बैशाख २० बिहीबार o८:oo:oo

चालू युरोकपमा असफलता हात पारेका फ्रान्सका मिडफिल्डर पाउल पोग्बा र ब्राजिलियन विश्व च्याम्पियन खेलाडी रोनाल्डिन्हो एउटा नाइट क्लबमा सँगै देखिएका छन् । पोग्बा र रोनाल्डिन्हो मात्र होइनन् पाउलो डेबाला तथा ब्लेस माउडी पनि नाइट क्लबमै मस्ती गरेको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।

युरोकपको प्रिक्वार्टरफाइनलबाटै फ्रान्स बाहिरिएपछि पोग्बा पीडा भुलाउन र नयाँ सिजनका लागि फ्रेस हुन मियामीमा मनोरञ्जन गर्न गएको ब्रिटिस मिडियाहरूले दाबी गरेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका महँगा खेलाडी पोग्बा निजी जेट विमानमा फ्लोरिडास्थित मियामीमा रमाइलो गर्न पुगेका हुन् । जहाँ उनले आफ्ना नजिकका साथीहरूलाई पनि निमन्त्रणा दिएका थिए । 

इंग्लिस प्रिमियर लिग सुरु हुन केही समय बाँकी रहँदा पोग्बाले आफूलाई फिट राख्नुभन्दा पनि परिवार र साथीहरूसँगै मनोरञ्जन गर्ने योजना बनाएका छन् । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनी टोलीमा स्थान बनाउन नसकेका डेबाला पनि मियामी पुगेका छन् । उनी फिटनेसकै कारण टोलीमा नपरेका हुन् । 

ad
ad