Skip This
कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १० लाख डोज खोप आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २१ सोमबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २१ सोमबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभ्याक्स सुविधामार्फत जोन्सन एन्ड जोन्सनको १० लाख डोज खोप आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o६:४३:oo

अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले आगामी एक महिनाभित्र नेपाललाई खोप उपलब्ध गराउने भएको छ । जोन्सन एन्ड जोन्सनले कोभ्याक्स सुविधामार्फत एक महिनामा १० लाख डोज दिने प्रतिबद्धता जनाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि जोन्सन एन्ड जोन्सनले ६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । ‘एउटा उमेर समूहलाई पुग्ने खोप उपलब्ध हुने भएको छ, खोप आगामी एक महिनाभित्र प्राप्त हुने निश्चित भएको छ,’ विभागका एक उच्च अधिकारीले भने ।

कोरोनाविरुद्धका अन्य खोप दुई डोज लगाउनुपर्छ, तर जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । नेपालले जोन्सन एन्ड जोन्सन कम्पनीसँग कोभ्याक्स सुविधामार्फत एक करोड खोप खरिदका लागि प्रस्ताव गरेको छ । 

ad
ad
ad
ad