१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १८ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ असार १८ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १८ शुक्रबार १८:२o:oo

हुलाकी राजमार्ग खण्डको सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिराहामा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, हाम्रो भावनामाथि खेलबाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीय युवाले सदरमुकाम सिराहामा प्रदर्शन गरेका हुन् । 

युवाहरूले सरकार भ्रष्टाचारमा डुबेकोले व्यग्र प्रतीक्षामा रहेको पुलमा कमसल निर्माण गरिएकोले भासिएको भन्दै चर्को नाराबाजीसमेत गरेका छन् । विरोध प्रदर्शन स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा भएको हो । सरकार र सरोकारवाला निकायको गम्भीर लापरबाहीले गर्दा पुल कमसल निर्माण गरिँदा सञ्चालन अगावै भासिन पुगेको साहले बताए ।

०६८ सालमा ४२ महिनाभित्र निर्माण गर्ने गरी पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले करिब २५ करोडमा सम्झौता गरेको थियो । १० वर्षमा पनि कमला पुल निर्माण सम्पन्न हुन सकेको छैन । 

ad
ad
ad
ad