मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशमा संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भयो, यही वेला धक्का दिनुपर्छ : कमल थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार १८:४८:००

राप्रपा अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको भन्दै यही वेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको बताएका हुन् । 

उनले यही वेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुने जिकिर गरे । विगतका कमी, कमजोरीहरूबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण्ण राख्दै गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए । 

उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको छ । यही प्रश्नचिह्न खडा भएकै वेलामा हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरू स्थापित हुने र साथसाथै पार्टी पनि अग्रणी शक्तिको रूपमा स्थापित हुनेछ । यो धरातलीय यथार्थ छ । अब हामीले आगामी दिनका रणनीतिहरू तय गर्नुपर्ने हुन्छ । विगतका कमी–कमजोरीहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण्ण राख्दै, प्रतिबद्धता कायम गर्दै हामीले आफूलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता छ ।’

थापाले पार्टीलाई माथि उठाउन चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहीन भएको भन्दै उलने यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार व्यहोर्ने पनि बताए । उनले विगतका तितामिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि आमपार्टीपंक्तिलाई आग्रह गरे ।