मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार ६ आइतबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञामा गाँजा तस्करी, ६ पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार ६ आइतबार १४:३७:००

निषेधाज्ञामा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने ६ जना नगद र सवारीसाधनसहित पक्राउ परेका छन् । विराटनगरको बगरगाछीचोकमा जाँचका क्रममा शनिबार तीन भारतीय र तीन नेपाली नागरिक नगद सात लाख, १८ केजी गाँजा र को.१च २४१२ नम्बरको मारुती भ्यानसहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्लाको फारबिसगन्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया बिसनपुरका २८ वर्षीय जयराम यादव, अररिया नरपथगन्जका ३० वर्षीय प्रिन्स भनिने विचित्रकुमार,  धनकुटा सहिदभूमि गाउँपालिका– १ का ३२ वर्षीय रुद्र राई, सुनसरी देवागन्ज गाउँपालिका– १ का ४० वर्षीय उमेश यादव, भ्यानचालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ४० वर्षीय सूर्य राई छन् ।   

प्रदेश १ को पहाडी जिल्लाबाट वर्षौँदेखि भारततर्फ लुकाइछिपाई गाँजा तस्करी हुँदै आएको छ । गाँजा तस्करी गर्नेहरूले विभिन्न उपाय अपनाउने र एम्बुलेन्ससमेत ओसारपसारमा प्रयोग गर्ने गरेका छन् ।