१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ असार ३ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आपसी झगडामा साथीको हत्या

Read Time : < 1 मिनेट
२०७८ असार ३ बिहीबार १०:३०:००

झापाको मेचीनगर– ५ अँधेरी टोलमा एकजना पुरुषको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँका ४० वर्षीय भीमराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्या मेचीनगर– ५ अँधेरी टोलकै ५६ वर्षीय सुकराज लिम्बूले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनीहरू साथी–साथी हुन् । बुधबार राति करिब ८ बजेतिर सँगै हिँड्ने क्रममा उनीहरूबीच सामान्य झगडा भएको थियो ।
‘सडकछेउमा लास भेटिएको स्थानीयले खबर गरेपछि प्रहरीको टोली पुगेको थियो । घाँटीमा कपडाको ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको शंकास्पद अवस्थामा शव भेटियो,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी गएर अनुसन्धान गर्‍यो । त्यो क्रममा सुकराजलाई राति ३ बजे पक्राउ गर्न सफल भयौँ ।’ 

सुकराजले आपसी झगडा भएपछि खुट्टामा बाँध्ने क्रयाक ब्यान्डेजले भीमराजको घाँटीमा बाँधी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा स्वीकार गरेको डिएसपी थापाले जानकारी दिए ।