१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस धनुषा
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

Read Time : < 1 मिनेट
रासस, धनुषा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका– ७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदीत ठाकुर रहेका छन्। दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ। पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदीत जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

गत वर्ष कात्तिक १० गते रेखादेवीको सुदीपसँग विवाद भएको थियो। श्रीमानले बन्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए। उनले घटनाबारे सहोदर दाजु उदीतलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक अवालेले बताए।

‘घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ,’ उनले भने। दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर– ७ नेमुवाटोलनजिकै खोल्सामा फालेको खुलेको छ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो र कोदालो बरामद गरिएको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ad
ad