मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ जेठ २८ शुक्रबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा गुड्दै गरेको क्रेनमा करेन्ट लाग्दा दुईको मृत्यु, दुई घाइते 

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ जेठ २८ शुक्रबार १४:०४:००

सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो मानेनजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा क्रेनमा सवार दुईजनाको घटनास्थलमै मुत्यु भएको हो भने अन्य दुईजना घाइते भएका छन् । 

मृत्यु हुनेमा लोबेड गाडीचालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनचालक स्याङ्जाका २४ वर्षीय राम परियार रहेका छन् । ग १ ज ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुईजना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी कविता कटुवालले बताए । 

८६ मेगावाट क्षमताको सोलुखोला दुधककोसी जलविद्युत् आयोजनाको क्रेन मर्मत–सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाइटेन्सन लाइनमा छुँदा दुर्घटनाकाे मृत्यु भएको हो । अहिले उक्त सडकमार्गको जाम खुलाउन प्रयत्न भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।