१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १७ सोमबार
  • Sunday, 29 September, 2024
जनार्दन बराल काठमाडाैं
२o७८ जेठ १७ सोमबार o६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुन वस्तुमा करको दर बढ्यो, कुनमा घट्यो ?

Read Time : < 1 मिनेट
जनार्दन बराल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ १७ सोमबार o६:५८:oo

सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भारी कर छुट दिएको छ । यसअघि विद्युतीय सवारीसाधनमा सरकारले ६० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशतसम्म भन्सार लिँदै आएको थियो । तर, सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा पूर्ण रूपमा अन्तःशुल्क हटाएको छ ।

त्यस्तै,भन्सार दरबन्दी पनि १ सय किलोवाटसम्मका सवारीसाधनमा १० प्रतिशतमा झारिएको छ भने ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ८० प्रतिशत भन्सार लिइएकोमा ४० प्रतिशतमा झारिएको छ । त्यस्तै, फ्रिज, वासिङमेसिन, राइसकुकर, बच्चालाई खुवाउने दूधलगायतमा पनि भन्सार घटाइएको छ । सुर्ती, चुरोट, मदिरालगायतमा अन्तःशुल्क बढाइएको छ । गत साल चकलेटको भन्सार घटाएको भनेर सरकारको आलोचना भएको थियो । यो साल चकलेटमा भन्सार पुनः ३० बाट ४० प्रतिशत नै बनाइएको छ ।