मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार २०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमलपोखरीमा सय शय्याको आइसोलेसन सेन्टर स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार २०:३३:००

राजधानीको कमलपोखरीस्थित अग्रवाल भवनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाकर्मीका लागि सय शय्याको आइसोलेसन सेन्टर स्थापना भएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार आइसोलेसन सेन्टर उद्घाटन गरेका छन् । राजदूत क्वात्राले अबको दश दिनमा भारतबाट नेपाललाई पर्याप्त अक्सिजन ग्यास आउनेसमेत बताएका छन् । 

हिन्दू स्वयंसेवक संघ, अग्रवाल सेवा केन्द्र, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल तथा सेवा इन्टरनेसनल नेपालले संयुक्त रूपमा आइसोलेसन सेन्टर स्थापना गरेका हुन् ।

स्वास्थ्यकर्मी चिकित्सक एवं सेवामा खटिएकाहरूका लागि आइसोलेसन सेन्टर स्थापना गरिएको हिन्दू स्वयंसेवक संघले जनाएको छ । ‘कोभिड– १९ को दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा लागेका सेवा प्रदायकहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति हामी जित्नेछौँ भन्ने मन्त्र लिएर क्वारेन्टिन–माइल्ड आइसोलेसन सेन्टर स्थापना भएको हो,’ हिन्दू स्वयंसेवक संघका एक पदाधिकारीले भने । 

उद्घाटन कार्यक्रममा भारतीय राजदूत क्वात्राले महामारीको घडीमा नेपाली जनतालाई भारतले निरन्तर सहयोग गरिरहने बताए । उनले २३ लाख डोज खोप भारतबाट आइसकेको उल्लेख गर्दै आठ दश दिनपछि लिक्विड अक्सिजन पनि आउने जानकारी दिए ।