१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली अस्पताल : कोरोना संक्रमितलाई भर्ना गर्दैनौँ, शव व्यवस्थापनमा कात्रो किनिदिन्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३५:oo

कोरोनाका बिरामीको उपचारका लागि भर्ना नलिने बताएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका कारणले मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा चाहिने आवश्यक सामग्री आफैँले किन्ने भएको छ ।

अक्सिजनको अभावमा कोरोना संक्रमणका बिरामीलाई भर्ना लिन नसक्ने भन्दै गत साता शुक्रबार सूचना जारी गरेको अस्पतालले त्यसको चार दिनपछि सोमबार एक सूचना जारी गरेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कात्रो किनिदिने जनाएको छ ।

कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले हस्ताक्षर गरेको सूचनामा भनिएकाे छ, ‘कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि मृतकका परिवारले मट्टीतेल, कैँची, डोरी, प्लाष्टिकलगायतका सामग्रीको व्यवस्थापन गर्नुपर्ने अवस्थाको हामीले अन्त्य गरेका छौँ ।’

जारी सूचनामा भनिएको छ, ‘आफ्ना प्रियजनको मृत्यु हुँदा दुःखमा रहेका आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु चुनौतीपूर्ण रहेकाले आफन्तहरूको सहजताका लागि उल्लेखित सामग्रीहरू अस्पताल व्यवस्थापनले मिति २०७८ जेठ ४ गतेदेखि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

 

 

 

ad
ad