१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७८ जेठ ३ सोमबार ०९:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भारतमा देखिएको नयाँ भेरियन्ट निकै चिन्ताजनक : डब्लुएचओ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०७८ जेठ ३ सोमबार ०९:३८:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट निकै नै चिन्ताजनक रहेको जनाएको छ । भारत सरकारले नयाँ भेरियन्टको ट्र्याक र आवश्यक परीक्षणसमेत राम्रोसँग गर्न नसकेका कारण डब्लुएचओले यसलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । 

भारतमा देखिएको नयाँ स्वरूपलाई डब्लुएचओले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएको भाइरसकै कोटिमा राखेर अनुसन्धान अघि बढाएको छ । ‘हामीलाई नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ,’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘हामीले थप अनुक्रमित (सिक्वेन्सिङ) गर्नु जरुरी छ र यसलाई भारत एवं अन्य मुलुकका विवरणसँग भिडाउनुपर्छ ता कि यो भाइरस कति फैलिएको छ भन्ने थाहा होस् ।’