मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार १८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले भने– संसद् जीवितै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार १८:५२:००

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट संसद्बाटै ल्याउने संकेत गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारले राखेको जिज्ञासामा ओलीले संसद् जीवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसद्बाटै आउने संकेत गरेका हुन् । 

बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने जिज्ञासामा ओलीले भने, ‘पार्लियामेन्ट जीवित छ ।’

प्रधानमन्त्री ओली संविधानको धारा ७६(३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

आफ्नै पार्टीभित्रको विवादसँगै संसद्को बजेट अधिवेशन आह्वान गर्न ढिलाइ हुनुले सरकारले फेरि संसद् विघटन गरी अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका राजनीतिक वृत्तमा गर्न थालिएको छ ।