१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सबै जिल्लामा अक्सिजन प्लान्ट र  पिसिआर प्रयोगशाला बनाउन देउवाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४७:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार साँझ देउवाले विज्ञप्ति जारी गर्दै उपचार नपाएर छटपटिरहेका संक्रमितका लागि अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

उनले कोभिड–१९ को संक्रमणले उग्र रूप लिइरहेको र देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियू बेड र औषधिको नितान्त अभाव हुनुका पछि सरकार दोषी भएको आरोप लगाएका छन् ।

‘सुदूरपश्चिमलगायतका दुर्गम स्थान र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’

देउवाले संकटको यस्तो घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई समेत आवश्यक सहयोगका लागि अपिल गरेका छन् । उनले यस्तो वेला स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत देउवाको अपिल छ । 

ad
ad