मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ३ शुक्रबार ०६:३९:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

केपी ओलीको रिस प्रदेशमा फेर्नुभएन : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

Read Time : > 1 मिनेट
२०७८ बैशाख ३ शुक्रबार ०६:३९:००

अविश्वासको प्रस्ताव छल्न चलिरहेको संसद् अधिवेशन नै अन्त्य गर्नुभयो नि ?
मैले अविश्वासको प्रस्ताव छल्न खोजेको होइन । संविधानले दिएको अधिकार प्रयोग गरेर केही समय लिन खोजेको हो । अहिले सरकार किन ढाल्नुपर्‍यो भनेर सोध्नुपर्नेछ । त्यसका लागि केही समय लिनुपर्ने भयो । वामपन्थीको सरकार ढालेर के गर्न खोजेको हो भनेर मैले पनि उहाँहरूसँग सोध्नुपर्‍यो नि ! 

केपी ओलीको रिस यहाँ किन फेर्ने ? त्यहाँको रिस त्यहीँ फेरियोस् । केन्द्रको रिस केन्द्रमै फेरियोस् । यहाँको निर्णय यहीँ गर्न दिइयोस् । हाम्रो प्रदेशलाई राम्रो बनाउने काममा बाधा नहोस् । मैले थोरै समय लिएको यही विषय साथीहरूलाई बुझाउन हो । मोहनविक्रम र चित्रबहादुर केसीलाई भेट्छु र भन्छु । उहाँहरूले वामपन्थीको सरकार ढालेर किन प्रतिगमनको यात्रा तय गर्न खोज्नुभएको हो ? त्यो पनि बुझ्नुपर्नेछ । 

तर, यो त संसद् फेस गर्न नसकेर भागेजस्तो भएन ? 
त्यस्तो बिल्कुल होइन । अविश्वासको प्रस्ताव आएपछि संसद्मै फेस गर्ने हो । त्यो गर्छु, भागेको छैन । मैले भनिसकेँ– अविश्वासको प्रस्ताव संसद्मै फेल गरेर छाड्छु । त्यो सामर्थ्य मसँग छ । माओवादी केन्द्र र जनमोर्चालाई सोध्छु– एकलौटी वामपन्थीको सरकार किन ढाल्नुपर्‍यो ? किन कांग्रेसलाई समर्थन गर्नुपर्‍यो ? हेर्नुहोला संसद्बाटै उहाँहरूको अविश्वासको प्रस्ताव फेल गर्छु । 

प्रस्ताव फेल गर्ने आधार के छन् ? 
मोरल्ली म उहाँहरूभन्दा धेरै माथि छु । मर्मसहित संघीयता कार्यान्वयन गराउन लागिपरेको छु । संघीयता बलियो बनाउने मेरो ध्याउन्न हो । केन्द्रबाट आएको एउटा चिर्कटोका आधारमा यहाँका साथीहरूले निर्णय गर्न नपाउने अवस्थाले संघीयताको कार्यान्वयनको अवस्था कहाँ जान्छ ? त्यस्तो चिर्कटोले प्रदेश सरकार गिर्ने अवस्था आयो भने कसरी संघीयता बलियो हुन्छ ? यहाँ त्यस्तो कुनै समस्या छैन । केपी ओलीको रिस यहाँ किन फेर्ने ? त्यहाँको रिस त्यहीँ फेरियोस् । केन्द्रको रिस केन्द्रमै फेरियोस् । यहाँको निर्णय यहीँ गर्न दिइयोस् । हाम्रो प्रदेशलाई राम्रो बनाउने काममा बाधा नहोस् । मैले थोरै समय लिएको यही विषय साथीहरूलाई बुझाउन हो । मोहनविक्रम र चित्रबहादुर केसीलाई भेट्छु र भन्छु । उहाँहरूले वामपन्थीको सरकार ढालेर किन प्रतिगमनको यात्रा तय गर्न खोज्नुभएको हो ? त्यो पनि बुझ्नुपर्नेछ । 

केन्द्रमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेजस्तै प्रदेशमा तपाईंले पनि त्यस्तै बाटो समात्न खोज्नुभयो नि ? 
यहाँ त्यस्तो हुँदैन । संसद्मै फेस गरिन्छ र अविश्वासको प्रस्ताव विफल पार्न सकिनँ भने सहज निकास दिन्छु । त्यस्तो कुनै आशंका गर्न जरुरी छैन । म संसद् विघटन गर्ने या संसद्लाई काम गर्न नदिने भन्ने कुरा सोेच्न पनि सक्दिनँ । त्यो हुन पनि दिन्न । म हिजो पनि संघीयता कार्यान्वयनमा आउन सक्ने बाधा–अड्चनविरुद्ध लडेको छु । फरक ढंगले अगाडि बढेको छु । यो कुरा दुनियाँलाई थाहा दिएको छु । पृथ्वी सुब्बा गुरुङ संघीयता बलियो बनाउन लागिपर्ने मान्छे हो । यसबाट गलत कदम चालिन्न भन्ने कुरा विश्वस्त भए हुन्छ ।