सरकारले गण्डकी प्रदेश सभाको अधिवेशन मध्यरातमा अन्त्य भएको घोषणा गरेसँगै मुख्य तीन दलले आकस्मिक बैठक राखेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बसेको हो ।
कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा अहिलेको संवैधानिक जटिलतालाई कसरी फेस गर्ने र नयाँ रणनीतिबारे छलफल केन्द्रित रहने एक नेताले बताए ।