मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २७ शुक्रबार १०:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्रबहादुरले जिते सूर्य नेपाल इस्टर्न उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २७ शुक्रबार १०:३६:००

शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा बिहीबार सम्पन्न खेलमा शुक्रबहादुरले ६ अन्डर दुई सय एक स्कोर गरी उपाधि हात पारेका हुन् । उनले एमेच्योर खेलाडी सुवाष तामाङमाथि तीन स्ट्रोकको अग्रता लिएका थिए । 

शुक्रबहादुरको यो चौथो उपाधि हो । उपाधिसँगै उनले एक लाख ३० हजार रुपैयाँ हात पारेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता सुवासले एक अन्डर दुई सय ६ स्कोर गरेका थिए । प्रतियोगिताको अन्तिम दिन शुक्रबहादुरले एकपछि अर्को स्ट्रोक लगाउँदै सुवासमाथि दबाब सिर्जना गरेका थिए । शुक्रबहादुरले आठौँ होलमा बोगी निकाल्दै सुवासविरुद्ध अग्रता बनाए । यसैगरी १३औँ, १५औँ र १६औँ होलमा उनले बर्डिज निकाली उपाधि सुरक्षित गरे । 

प्रतियोगितामा भुवन नगरकोटी र सञ्जय लामा संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । दुवैले इभन पार खेल्दै दुई सय सात स्कोर गरेका छन् । भुवन र सञ्जयले संयुक्त रूपमा जनही ७२ हजार रुपैयाँ पाए । व्यावसायिकतर्फ बलबहादुर राई चौथो भएका छन् । उनले सात ओभरसहित दुई सय १४ स्कोर गर्न सफल भए । राईले ५० हजार रुपैयाँ जितेका छन् । 

व्यावसायिकतर्फ नै विनोद तामाङ पाँचौँ स्थानमा रहँदै ४२ हजार रुपैयाँ जिते । उनले १० ओभरमा दुई सय १७ स्कोर गरेका छन् । प्रतियोगितामा भुवनकुमार रोक्का छैटौँ हुँदै ३७ हजार पाँच सय तथा धनबहादुर थापा सातौँ स्थानमा रहँदै ३५ हजार रुपैयाँ जितेका छन् । यसैगरी टंकबहादुर कार्की र सूर्यप्रसाद शर्मा संयुक्त रूपमा आठौँ स्थानमा रहेका छन् । सञ्जीवबहादुर नेपाली र दिनेश प्रजापति संयुक्त रूपमा दशौँ स्थामा छन् । 

प्रतियोगिताको एमेच्योरतर्फ १३औँ सागका स्वर्ण विजेता सुवास विजेता बनेका छन् । यस समूहमा स्थानीय खेलाडी अजित विक दोस्रो स्थानमा रहँदा तीन ओभर ७२ स्कोर गरे । ऋतेश तामाङ तेस्रो भएका छन् । प्रतियोगितामा २१ शीर्ष खेलाडीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका थिए ।